Greeha Laxmi Saving & Credit Co-operative Limited
Ghadiarhwa Ward No. 10 Birgunj, Parsa , Nepal
Greeha Laxmi Saving & Credit Co-operative Limited
Ghadiarhwa Ward No. 10 Birgunj, Parsa , Nepal

Mission

सहकारी सिद्धान्त र यसको व्यवहारीक प्रयोगबाट दिगो विकास, आर्थिक सक्षमता, आर्थिक भेदभावरहित सामाजीक न्यायको संस्थागत विकास । स्थानीय आन्तरीक स्रोत र साधनको अधिकतम् प्रयोग तथा व्यवस्थीत परिचालन सहित भौतिक एवं मानवीय अत्यावश्यक पूर्वाधारहरुको विकास गरी सामाजिक, आर्थिक न्याय एवं एकतामा जोड ।

लक्ष्य / Goal

गरीवी समस्या होइन, अवस्था हो । सहकारीको भावना र मर्मलाइ आत्मसाथ गर्दै पूजी निर्माण र त्यसको परिचालन एवं रोजगारीमा निम्न आय स्तर भएकाहरुको पहुंच पुर्‍याउने र गरीवीको यो विकराल अवस्थालाई न्युनिकरण गर्दै निवारण गर्नमा व्यवस्थीत रुपमा सहयोग पुर्‍याउनु यो संस्थाको प्रमुख लक्ष्य रहेको छ ।

उद्धेश्य / Objectives
  • अत्याधुनिक मोबाईल बैंकिङ्ग सेवा बाट सदस्यहरुलाई छिटो छरितो बैंकिङ्ग सेवा उपलब्ध गराउदै आएकोमा छिटै ATM सेवा संचालनमा ल्याउने ।
  • विरगंज अशोक बाटिका स्थित संस्थाको जग्गामा आफनै भवन बनाई कार्यालय संचालन गर्ने ।
  • सदस्यहरुलाई सम्पूर्ण वितिय सेवा पुर्याउने खालका कार्यक्रम तयार गरी वितिय सेवा उपलब्ध गराउने
  • सदस्यहरुमा छरिएर रहेका श्रम, सीप, साधन र पूजीलाइ एकत्रित गरी सदस्यरुलाइ आय आर्जनको क्षेत्रमा लगानी गर्न प्रोत्साहीत गर्ने ।
  • सदस्यहरुको आवश्यकतालाइ ध्यानमा राखि विविध किसिमका योजनाहरुको प्रबर्द्धन गर्नुका साथै विभिन्न तह र स्तरका सहकारी र गैरसहकारी संघ संस्थाहरु संग समन्वय गर्दै सदस्यहरु विच वित्तिय सेवा र सुविधाहरु विस्तार गर्दै जाने ।
  • बढ्दो बेरोजगारीलाइ न्युनीकरण गर्न शेयरधनी महानुभावहरुलाइ बैदेशीक रोजगारीको लागी कर्जा प्रदान गर्ने ।
  • सदस्य एवं सदस्यका परिवार तथा पर्सा जिल्लाबासीले विदेशमा बसी गरेको कमाइ सजीलै प्राप्त गराउन सकियोस् भनि “गृह लक्ष्मी मनि ट्रान्सफर“ मार्फत सेवा प्रदान गर्ने ।
  • शेयर पूजी बृद्धि गर्ने ।
  • भौतिक पूर्वाधार र मानवीय स्रोत विकास गर्ने ।
  • लगानीमा विविधता
  • सम्पर्क समन्वय र विकास
  • सामाजीक सुरक्षा
मुख्यतयाः वैक तथा वित्तिय संस्थाहरुसम्म पहुच नहुने तर आर्थिक अवस्था सुधारमा प्रयास गरीरहने समुदायको बिच स-साना बचत रकमरलाइ संकलन गरी सामुहिक पुजीको स्थापना गरी सदस्यहरुको आर्थिक र सामाजीक अवस्थामा सुधार गर्दै समाजमा आर्थिक विभेदको अन्त्य र सामाजीक न्यायको स्थापना गर्नु यस संस्थाको मुख्य उद्धेश्य रहेको छ ।